रोल्पा । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा रोल्पा १ (ख ) बाट उम्मेदवारी दिएर विजयी भएका दिपेन्द्र कुमार पुन मगर पुन: माओवादी केन्द्रमानै फर्किएका छन् ।
प्रदेश सभा सदस्य पदमा माओवादी केन्द्र बाट प्रमुख दाबेदारको रुपमा रहे पनि गठबन्धन र भागबन्डाका कारण नेपाली कांग्रेसका अमर सिंह पुनले टिकट पाए पछि असन्तुष्टि जनाउदै पार्टी बाट राजिनामा दिएका थिए । राजिनामा दिएर स्वतन्त्र उम्मेदवार बनेका पुन मगरले अमर सिंहलाई पराजित गर्दै प्रदेश सांसद बनेका हुन् ।
यो संगै माओवादी केन्द्रको लुम्बिनी प्रदेशमा सांसद संख्या बढेर १० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्