Ad imageAd image

ओमिक्रोन भित्रनबाट रोक्न स्वास्थ्य जाँच

खबर खुराक
खबर खुराक २१ पुष २०७९, बिहीबार
1 Min Read
Aa

पर्सा । भारतमा कोरोनाको संक्रमित बिरामीको सङ्ख्या बढेसँगै देशको मुख्य नाका वीरगञ्जमा स्वास्थ्य सजगता बढाइएको छ । ओमिक्रोन बीएफ ७ भेरियन्टबाट संक्रमित बिरामीलाई नेपाल प्रवेश गर्नबाट रोक्न नाकामा स्वास्थ्य जाँचलाई तीव्र पारिएको हो ।

वीरगन्ज-रक्सौल नाका भई नेपाल प्रवेश गर्ने भारतीय तथा तेस्रो मलुकबाट आएकालाई वीरगञ्जको शङ्कराचार्यद्वारस्थित ‘हेल्थ डेस्क’मा स्वास्थ्यपरीक्षणसँगै एन्टिजेन किटबाट संक्रमित भए नभएको परीक्षण गरिएको हेल्थ डेस्क प्रमुख डा अनिसा महतोले जानकारी दिए ।

 उनले यही पुस महिनाको १ गते देखि १९ गते सम्मा सात हजार पाँच सय जनाको स्वास्थ्यपरीक्षण र एक हजार दुई सय ७२ जनाको एन्टिजेन टेष्ट गर्दा हालसम्म कोही संक्रमित नभेटिएको बताए । पहिले बिहान र बेलुका मात्र एन्टिजेन टेष्ट हुँदै आएकोमा पछिला समय भारतमा संक्रमितको सङ्ख्या बढेपछि आवश्यताका आधारमा टेष्टलाई बढाएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्