Ad imageAd image

टि २० क्रिकेटमा अनलाइन बेटिङ गराएको आरोपमा भारतीय युवक पक्राउ

खबर खुराक
खबर खुराक २१ पुष २०७९, बिहीबार
1 Min Read
Aa

२१ पुस, काठमाडौं। एनपीएल टि २० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाइन बेटिङमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत दिल्ली उत्तमनगर घर भई हाल काठमाडौं गौशाला बस्ने ३६ वर्षीय प्रतिक कुमार रहेका छन् ।

कीर्तिपुर नगरपालिका-१०स्थित क्रिकेट खेल मैदानमाबाट बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -
Ad image

उनले पुरुष राष्ट्रिय क्रिकेट खेल अन्तर्गत फार वेष्ट युनाइटेड र विराटनगर सुपर किंगस् बिच भएको खेलमा मोबाइल फोनको प्रयोग गरी हार जितको लागि अनलाइन बेटिङ गराएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्