दार्चुलामा तुइनबाट खसेर एक बालक बेपत्ता

खबर खुराक
खबर खुराक २४ पुष २०७९, आईतवार
1 Min Read
Aa

दार्चुला । व्याँस गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइनबाट खसेर एक बालक बेपत्ता भएका छन् ।

नेपालबाट भारत जाने क्रममा तुइनबाट खसेर वडा नम्बर ४ डोकटका १० वर्षिय बालक दिपेन्द्र विष्ट महाकाली नदीमा बेपत्ता भएका हुन् ।बिहिवार बिहान भारततिर खर काट्न गएकी आमाको पछिपछि गएका दिपेन्द्र तुइनबाट नदीमा खसेको बताइएको छ । व्याँस क्षेत्रमा संचार सुविधा नभएका कारण घटना ढिलो गरि जानकारीमा आएको हो ।

उनी ब्रहमस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए ।

तुइन विस्थापन गर्ने चर्चा भए पनि पूर्ण रुपमा तुइन विस्थापन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्