Ad imageAd image

फोटो पत्रकार भरतबन्धु थापालाई भगवान राजकुमार स्मृति पुरस्कार

खबर खुराक
खबर खुराक २४ पुष २०७९, आईतवार
1 Min Read
Aa

लेखक तथा फोटो पत्रकार भरतबन्धु थापालाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले भगवान राजकुमार स्मृति पुरस्कार प्रदान गरेको छ।

शाखाको २६ औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा थापालाई १० हजार रुपैयाँसहित पुरस्कृत गरेको हो।

यस्तै शाखाले पत्रकार प्रवीणराज जोशीलाई अग्रज पत्रकार सम्मानसहित नगद ५ हजार रुपैयाँ प्रदान गरेको छ ।

मैयाँदेवी शिल्पकार स्मृति पुरस्कारबाट नविना खबुर्जा श्रेष्ठ र क्रियाशील महिला पत्रकारिता पुरस्कारबाट कविता थापा पुरस्कृत भएका छन्। उनीहरुले जनही २५ सय रुपैयाँ पाएका छन्।

- Advertisement -
Ad image

पुरस्कृत चारै जना पत्रकारलाई पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रमाणपत्र र नगद प्रदान गरे।

सो अवसरमा पत्रकार महासंघ भक्तपुर शाखाले ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ भक्तपुरबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभाका १४ जना सदस्यलाई सम्मान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्