Ad imageAd image

ज्योति विकास बैंकले ६.८० प्रतिशत लाभांश दिने

खबर खुराक
खबर खुराक २४ पुष २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य मुनाफा तथा वितरणयोग्य अन्य कोषबाट हाल कायम चुक्तापूँजीको ६.८० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीको गत शुक्रबारको सञ्चालक समितिको बैठकले चुक्तापूँजीको तीन प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको लाभांशबापत कुल २९ करोड दुई लाख सात हजार २२४ रुपैयाँ वितरण गर्न लागेको जानकारी दिइएको छ ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी चार अर्ब २६ करोड ७७ लाख ५३ हजार रुपैयाँ रहेको छ । तीन प्रतिशत बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्तापूँजी चार अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ कायम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्