गुल्मीको रेसुंगा विमानस्थलमा पहिलो डेमो उडान सफल

खबर खुराक
खबर खुराक २४ पुष २०७९, आईतवार
1 Min Read
Aa

गुल्मी : गुल्मीको रेसुंगा विमानस्थलमा पहिलो पटक डेमो उडान सफल भएको छ । आइतबार बिहान १२ बजे काठमाडौंदेखि उडेको तारा एअरको ९ एन-ए एल ओ  जहाज रेसुंगा विमानस्थलमा अवतरण भएको हो।

जहाजमा पूर्व पराराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, गुल्मी क्षेत्र नम्बर १ का सांसद चन्द्र भण्डारी, रामकुमारी झांक्री लगायतका यात्रु थिए।

जहाज हेर्न विमानस्थलमा ठूलो भीड लागेको छ । लामो समयको प्रतिक्षापछि रेसुंगा विमानस्थलमा डेमो उडान सफल भएपछि गुल्मीबासी खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्