लुम्बिनीद्वारा जनकपुरसामु १४४ रनको लक्ष्य

खबर खुराक
खबर खुराक २४ पुष २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं । नेपाल टी–२० को पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टारले जनकपुर रोयल्ससामु १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा निम्त्याईएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४३ रनको योगफल खडा गर्यो

लुम्बिनीका इसान पान्डेले सर्वाधिक ३८ रन जोडे । अनिल साहले २४, विपुल शर्माले २०, साड्ने भान स्कल्कोवाकले १७ र लहिरु मिलन्थाले १६ रन बनाए ।

जनकपुरका असन प्रियन्जन, सोमपाल कामी र जितेन्द्र मुखियाले समान दुई विकेट लिए

यस्तै, ट्रिभोन ग्रिफित र सरफुद्दिन अस्रफले एक–एक विकेट लिए ।

लुम्बिनी शीर्ष स्थानमा र जनकपुर दोस्रो स्थानमा रहदै प्लेअफमा आएका हुन् ।

आजको खेलमा जित निकाल्ने टिमले फाइनलमा स्थान पक्का गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्