काठमाडौं : सेयर ब्रोकरहरुको संघ स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको नेतृत्व परिवर्तन भएको छ। धर्मराज सापकोटाको अध्यक्षतामा संघको नयाँ कार्यसमिति चयन भएको हो।
संघको अध्यक्षको प्रतिस्पर्धामा सापकोटाले गुणनिधि भुषाललाई पराजित गरे। नवनिर्वाचित अध्यक्ष सापकोटा स्वर्णलक्ष्मी सेक्युरिटिज प्रा.लि (ब्रोकर नं. ३७) का सञ्चालक हुन्।
यस्तै पराजित भुषाल आर्यतारा इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिजका प्रबन्ध निर्देशक (ब्रोकर नं. ५७) हुन्। संघको उपाध्यक्षमा सरिता अधिकारी, महासचिवमा फणिद्र ढकाल, सचिवमा सुयोग अधिकारी र कोषाध्यक्षमा मदन पौडेल चयन भए।
यस्तै संघको कार्यसमिति सदस्यहरूमा मित्रलाल श्रेष्ठ, प्रज्वल उप्रेती र प्रियान्सु अग्रवाल र विशाल कुमार अग्रवाल चयन भएको संघका निवर्तमान अध्यक्ष सन्तोष मैनालीले जानकारी दिए। मैनालीका अनुसार अध्यक्षबाहेकका पदाधिकारी सर्वसम्मतिले चयन भएका हुन्।
प्रतिक्रिया दिनुहोस्