बैंकको ब्याजदर कम गरे व्यवसायीहरूको मनोबल उच्च हुनेछ : अग्रवाल

खबर खुराक
खबर खुराक २५ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ब्याजदर घटाउने र तरलता सहज बनाउने बारेमा ध्यान दिन राष्ट्र बैंकसँग आग्रह गरेका छन् । सोमबार काठमाडौंमा भएको ग्लोवल आईएमई बैंक र बैंक काठमाण्डूबीचको एकीकृत कारोबार सुरु भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा उनले बैंकको ब्याजदरमा केही कम गर्नसके उद्योगी र व्यवसायीहरूको मनोबल उच्च हुने बताए ।

अध्यक्ष अग्रवालले ग्लोवल आईएमई बैंक देशकै ठूलो बैंक बनेसँगै आगामी दिनमा बैंकको ब्याज घटाउनेतिर लाग्न सुझाव दिए । उनले सीडी रेसियो पनि सहज हुँदै गए पनि बैंकहरूमा लगानी गर्ने आत्मविश्वास आउन नसकेको बताए । उनले बैंकहरूले लगानी गर्ने आत्मविश्वास बनाउन राष्ट्र बैंकसँग आग्रह गरे । उनले अहिले तरलता सहज भइरहेको भन्दै लगानीलाई उत्पादनमुखी क्षेत्रमा कसरी लगाउन सकिन्छ भन्नेबारेमा ध्यान दिन आवश्यक रहेको बताए ।

अध्यक्ष अग्रवालले नयाँ सरकारको पहिलो प्राथमिकता अर्थतन्त्र सुधार गर्नु रहेको भन्दै सरकारले अर्थतन्त्र सुधारका लागि आवश्यक कदम चाल्नेमा विश्वास लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्