ओलीले प्रचण्डलाई भने – विश्वासको मत लिँदै हुनुहुन्छ, सहज परिस्थिति छैन

खबर खुराक
खबर खुराक २५ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने बताउँदै परिस्थिति भने सहज नरहेको बताएका छन् ।  प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै सत्ता साझेदारका मुख्य नेता ओलीले यस्तो धारणा राखेका हुन् ।

अध्यक्ष ओलीले भने,’ नयाँ सरकार गठन भएको हामीलाई जानकारी छ । भोलि विश्वासको मत लिनुहुनेछ, पाउनु हुनेमा म ढुक्क छु । आज पनि म वहाँलाई बधाई भन्न चाहन्छु ।  सरकारलाई बधाई भन्न चाहन्छु । चुनौती छन् भन्ने कुरा पनि सुनाउन चाहन्छु । सहज परिस्थिति छैन ।’

निर्वाचित सांसदहरूलाई शुभकामना दिँदै ओलीले देशको अर्थतन्त्र बढो गम्भीर अवस्थामा रहेको बताए । यस्तो अवस्थामा निर्वाचन पछि प्रतिनिधि सभामा सकारात्मक सन्देश खोज्नु पर्ने बताए  ।

प्रतिक्रिया दिनुहोस्