Ad imageAd image

टी–ट्वान्टी लिग : काठमाडौँका सबै विदेशी खेलाडी घर फर्किएपछि….

खबर खुराक
खबर खुराक २५ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ । पहिलो संस्करण नेपाल टी–ट्वान्टी लिगको ईलिमिनेटर खेलमा काठमाडौँ नाइट्सको प्लेईङ–११ मा सबै नेपाली खेलाडी भएका छन् । विदेशी खेलाडीहरु घर फर्किएका कारण काठमाडौंको खेलमा ११ जना नै नेपाली खेलाडीले स्थान बनाएका छन् ।

पहिलो संस्करण जारी रहँदा यसअघि लिग चरणको खेलमा काठमाडौंले नै एक मात्र विदेशी खेलाडी खेलाएको थियो ।

आजको खेलमा काठमाडौंका लागि बेन्चमा बस्ने अतिरिक्त खेलाडी छैनन् । विराटनगरले भने चार विदेशी खेलाडीको खेलाएको छ । ईलिमिनेटरको खेलमा विराटनगरले टस जितेर ब्याटिङ रोजेको छ ।

काठमाडौं नाईट्स प्लेईङ–११

- Advertisement -
Ad image

ज्ञानेन्द्र मल्ल(कप्तान), लोकेश बम(विकेट किपर), बसिर अहमद, कमलसिंह ऐरी, अभिनाश बोहरा, अनिल खरेल, सौरभ खनाल, सन्दीप रजाली, सन्तोष कार्की, सुनाम गौतम र गौतम केसी

प्रतिक्रिया दिनुहोस्