काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारलाई विचौलियाको सेटिङ भत्काउन आग्रह गरेका छन् ।
मंसिर ४ मा भएको निर्वाचनबाट बनेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
उनले हरेक क्षेत्रमा विचौलिया सक्रिय रहेको बताए । महंगी, कालोबजारी र भष्ट्राचार नियन्त्रण गर्नुपर्ने उनको माग छ ।
उनले मिटरब्याजीहरुले जनताको जीवनलाई नर्कतुल्य बनाएको भन्दै सरकारको ध्यानाकर्षण गरे ।
प्रतिक्रिया दिनुहोस्