Ad imageAd image

नेपाल फार्मेसी परिषद्‍ले २१ औँ नाम दर्ता परीक्षाका लागि आवेदन आह्वान

खबर खुराक
खबर खुराक २५ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडाैँ । काठमाडौं–नेपाल फार्मेसी परिषद्ले २१ औँ नाम दर्ता परीक्षाका लागि आवेदन आह्वान गरेको छ । परिषद्ले  सोमबार सूचना जारी गरी आवेदन फारम मंगलबारदेखि माघ १५ गते साँझ ५ बजेसम्म खोलिएको जनाएको छ ।

आवेदवन भर्नका लागि दस्तुर, नागरिताको प्रमाण पत्र, प्रवेशिका देखि हालसम्मको शैक्षिक योग्यताको सम्पूर्ण प्रमाणपत्र नोटरी पब्लिकद्धारा प्रमाणित गराई संलग्न गराउन सूचनामा उल्लेख गरिएको छ । नेपाल फार्मेसी परिषद्का रजिष्ट्रार सञ्जीव कुमार पाण्डेद्वारा जारी सूचनामा कुनै पनि कागजात प्रमाणीकरण नभएको अवस्थामा त्यस्ता फारमहरूलाई स्वतः रद्द गरिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्