ओमसतिया । निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याब्सन) रुपन्देहीले आफ्नो ३२ औं स्थापना दिवसको अवसरमा ओमसतिया ४ बालापुर स्थित श्री सत्य साई बृद्धा सेवा आश्रममा खाद्यान्न तथा राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय उपाध्यक्ष विष्णु पन्थीले प्याब्सनले शिक्षा प्रदान गर्ने पवित्र कार्यको अलवा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न मानवीय सेवाका कामहरु गर्दै आएको बताउनुभयो । वहाँले भूकम्प, बाढी पहिरो र अन्य प्राकृतिक विपत्तिको बेलामा मात्र नभएर कोरोना महामारीको बेलामा पनि प्याब्सनले देशैभरि विभिन्न कार्यहरु गर्दै देश र जनताको रक्षा गर्ने कार्य गरेको स्मरण गराउनुभयो ।
प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माको अध्यक्षता, सचिव दिपक खनालको सञ्चालन र वरिष्ठ उपाध्यक्ष एकनारायण काफ्लेको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा कार्य समितिका पदाधिकारीहरु, सल्लाहकारहरु , विभिन्न पालिकाका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्