देवदह नगरपालिकामा विद्युतीय भुक्तानी सेवा सुरू

खबर खुराक
खबर खुराक २६ पुष २०७९, मंगलवार
1 Min Read
Aa

देवदह । देवदह नगरपालिकाले विद्युतीय भुक्तनी(ई–पेमेन्ट) प्रणालिको शुभारम्भ गरेको छ। एक कार्यक्रमका बीच देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले संयुक्त रुपमा विद्युतीय भुत्तानी सेवा शुभारम्भ गर्नु भएको हो । यो संगै नगरपालिकाका सेवाग्राहीहरुले eservice.devdahamun.gov.np मार्फत आफ्नो विवरण अद्यावधिक गरी उक्त लिन्क प्रयोग गरी वा ईसेवा मार्फत घर बहाल कर, सम्पति कर र व्यवसायिक कर भुक्तान गर्न सक्नेछन्।

सोही अवरसरमा बोल्दै नगर प्रमुख ध्रुब प्रसाद खरेलले यो सेवा शुभारम्भ भए संगै करदाताले घरमै बसेर आफुले बुझाउनुपर्ने कर भुक्तान गर्न सक्ने बताए। नगरपालिका तथा मतहतका वडा कार्यालयहरुमा नगद कारोबारलाई विस्तारित गर्ने गरी विद्युतीय भुक्तानीको शुभारम्भ गरेको नगर प्रमुख खरेलले बताए।

पुरानो शैलीबाट काम गर्न झन्झटिलो हुनुका साथै ढिलासुस्ती हुने भएकाले बदलिँदो परिस्थितिअनुरूप आधुनिकीकरणलाई अवलम्बन गर्न आवश्यक रहेकोले सो प्रक्रिया सुचारु गरेको राजस्व शाखा प्रमुख विष्णु बस्यालले जानकारी गराए।

नगर प्रमुख धुव्रप्रसाद खरेलको अध्यक्षता, उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागतमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, उपसचिव टिकाराम शर्मा, वडाअध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्