प्रचण्डको प्रतिवद्धता: ६ महिनाभित्र नागरिकता, एक वर्षमा सबैलाई राष्ट्रिय परिचयपत्र

खबर खुराक
खबर खुराक २६ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं: प्रधानमन्त्री प्रचण्डले ६ महिनाभित्रमा सबै नेपालीलाई नागरिकता वितरण गर्ने बताएका छन्। प्रधानमन्त्रीमा आफूलाई विश्वासको मत माग्नेक्रममा प्रतिनिधि सभामा आफ्नो प्रतिबद्धता राख्दै ६ महिनाभित्रमा सबै नेपालीलाई नागरिकताको प्रत्याभूति गराउने बताए। त्यस्तै एक वर्षभित्रमा सहज रुपमा राष्ट्रिय परियचयपत्र बाँडिने बताए।

न्यायपालिकाको सुधार र सुदृढीकरण, भ्रष्टाचार नियन्त्रणमा आफ्नो प्रतिवद्धता रहेको प्रचण्डले बताए।

 देशको आर्थिक वृद्धिदर २ अंकको बनाउने लक्ष्यका साथ काम गर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले सो लक्ष्य हासिल गर्न सबैको साथ र सहयोग चाहिने बताए।

प्रतिक्रिया दिनुहोस्