संसदमा प्रधानमन्त्री प्रचण्डका ८ प्रश्न

खबर खुराक
खबर खुराक २६ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा ८ प्रश्न गर्दै समस्याका रुपमा रहेका प्रश्नको उत्तर खोज्न पनि निर्देशन दिएको बताएका छन्। आफूले सचिवहरूलाई बोलाएर प्रश्न सोधेको उनले बताए।

यी हुन् प्रधानमन्त्री प्रचण्डले सोधेका ८ प्रश्न: 

१ राहदानी बनाउन राति दुई बजेदेखि बस्नुपर्ने बाध्यताले एक नागरिकले कसरी राज्यको भरोसा गर्दछ?
२ अहिलेकै गतिमा राष्ट्रिय परिचयपत्र वितरण हुने हो भने कति दशकमा तीन करोड नेपालीले राष्ट्रिय परिचयपत्र पाउने छन्?
३ सवारी चालक अनुमति पत्र लिन पनि वर्षौं कुर्नुपर्ने कारण के हो?
४ सरकारी अस्पताल र सामुदायिक विद्यालयको स्तर किन खस्कियो?
५ प्रविधिको यत्रो विकास भइसक्दा पनि सरकारी अस्पतालमा नाम दर्ता गर्नमात्र किन घण्टौ कुर्नुपर्छ?
६ सरकारी अस्पतालमा सामान्य शल्यक्रिया गराउन पनि किन तीनचार महिना कुर्नुपर्छ?
७ अस्पतालका उपकरण किन महिनौ बन्दैनन्?
८ अनुदानका सामग्री किन स्टोरमा थन्किन्छन्

प्रचण्डले भने, ‘यी सेवा प्रवाहलाई सहज र विकासको गतिलाई तीव्र बनाउन नीतिगत कुराको जिम्मेवारी म लिन्छु परिणाममुखी तपाइँहरूले बनाउनुहोस् भनेर नेपाल सरकारका सचिवहरूलाई निर्देशन दिइसकेको छु।’

प्रतिक्रिया दिनुहोस्