थापाथलीमा फुटपाथ व्यापारीमाथि फेरि लछारपछार

खबर खुराक
खबर खुराक २६ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । थापाथलीमा फुटपाथ व्यापारीमाथि फेरि काठमाडौं महानगरपालिकाका नगर प्रहरीले लछारपछार गरेका छन् । मंगलबार महानगरबाट खटिएको नगर प्रहरीको टोलीले फुटपाथ व्यापारीका मकै, बदाम, दाउरा कपडालगायत सामान खोसेको हो ।

६० वर्षीय तेजबहादुर तामाङ र सीता लामा दम्पती तथा सञ्जुदेवी चौधरीले लामो समयदेखि थापाथलीको फुटपाथमा व्यापार गर्दै आएका छन् । नगर प्रहरीले उनीहरूलाई कैयौँपटक लछारपछार गरिसकेको छ ।

“अरू काम गर्न सकिँदैन । यसरी नगर प्रहरी लुकेर आएर कति सामान लग्यो, लग्यो । हामीलाई कसले हेरिदिने ?,” सञ्जुदेवीले भनिन् ।

२० वर्षदेखि आफूहरूले फुटपाथमा व्यापार गर्दै आएको उनीहरू बताउँछन् ।

नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डे फुटपाथ व्यापारीमाथि महानगर लचिलो नबन्ने बताउँछन् । काठमाडौंका धेरै चोकमा फुटपाथ उठाएर पैदलयात्रुका लागि सहजकीकरण गरिएको उनको भनाइ छ ।

kadsfmg1673341529.jpg

प्रतिक्रिया दिनुहोस्