काठमाडौँ। साताको तेस्रो कारोबार दिन मङ्गलवार सेयर बजार घटेको छ। नेप्से परिसूचकमा २१.३५ अङ्कले ओरालो लागेर २१९०.४२ विन्दुमा आएर रोकिएको छ।
सोमबार सेयर बजार ४६.७६ अङ्कले उकाले लागेको थियो र ५ अर्ब बढीको कारोबार अर्ब बढीको कारोबार सेयर कारोबार भएको थियो।
साथै, मङ्गलवार २५४ कम्पनीको कारोबार हुँदा २ करोड ८ लाख ४३ हजार ९२५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब भन्दा बढीको सेयर कारोबार भएको छ।
यस्तै,आज नगदी ग्रुप पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ। यस कम्पनीको २१ करोडभन्दा बढीको सेयर बिक्री भएको छ। साथै दोस्रोमा एपीआइ पावर कम्पनीको २० करोडभन्दा बढीको सेयर कारोबार भएको छ। यता, आज बाराही हाइड्रोपावरको १० प्रतिशतले मूल्य वृद्धि भएको हो।
यस्तै, कुल १७३ कम्पनीमा उकालो लागेको छ भने ३१ कम्पनीमा ओरालो लागेको छ। ६ कम्पनी भने स्थिर रहेको छ।
प्रतिक्रिया दिनुहोस्