Ad imageAd image

‘स्वचालित प्रणाली कार्यान्वयन गर्न सकिएन’

खबर खुराक
खबर खुराक २७ पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं : वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले धेरै प्रयास गरे पनि स्वतः सञ्चालित मूल्य प्रणाली कार्यान्वयन गर्न नसकिएको बताएका छन्।

नेपाल आयल निगमको ५३ औं वार्षिकोत्सवको अवसरमा निगगमको सञ्चालक समितिका अध्यक्षसमेत रहेका मरासिनीले चाहेर पनि स्वचालित बनाउन नसकिएको बताए।
‘निगमले मासिक रुपमा अर्बौं रुपैयाँ नोक्सानी बेहोरिरहँदा म भिन्न भूमिकामा थिएँ,’ सचिव मरासिनीले भने, ‘लागतअनुसार मूल्य समायोजन गरौं भनेको हो। सबै कुरा हाम्रो हातमा हुँदैन र अटो प्राइसिङ पूर्ण कार्यान्वयन गर्न सकिएन।’

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटिरहेको जिकिर गर्दै उनले केही अवधिमा निगम पूर्ववत्ः अवस्थामा फर्किने अपेक्षा गरे। निगम अध्यक्ष मरासिनीले ५२ वर्षदेखि पेट्रोलियम पदार्थमा एकाधिकार पाएको संस्थाले आफ्नो वित्तीय उन्नति गर्न चुकेको बताए। निगम बलियो भएमात्र जनताको दैनिक उपभोग्य अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था चुस्त हुने उनको दाबी छ।

मरासिनीले पेट्रोल पम्पलाई विदेशकोझैं रिफ्रेस सेन्टर बनाउनु पर्ने आवश्यकता औंल्याए। ‘विकसित देशमा पेट्रोल पुग्दा रिफ्रेस सेन्टर झैं लाग्छ, नेपालका पम्प हेर्नुस् त,’ उनले भने, ‘पेट्रोल पम्पलाई पूर्ण अटोमेटेड र व्यवस्थित बनाएर अन्तर्राष्ट्रियस्तरको सेवा दिनु पर्‍यो।’
सो अवसरमा पेट्रोलियम व्यवसायीले इन्धनलाई राजनीतिक वस्तु नभएर आर्थिक वस्तुमात्र बनाइनुपर्ने तर्क गरे।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्