२७ पुस, काठमाडौं । क्रिष्टियानो रोनाल्डोको नयाँ क्लब अल नासरले आफूसँग उनको सम्झौतामा साउदी अरबले सन् २०३० को विश्वकप आयोजना दावी गर्दा सहयोग गर्ने कुनै प्रतिबद्धता सामेल नभएको प्रष्ट पारेको छ ।
रोनाल्डोलाई क्लब फुटबलका अलावा आफ्नो विश्वकप आयोजना दावीमा समर्थन लिनका लागि पनि २०० मिलियन यूरो खर्च गरिएको समाचारहरुमा दावी गरिएको थियो ।
यो सम्झौता विश्वकप आयोजना अधिकारसँग सम्बन्धित छैन,’ तर, क्लबले भनेको छ, ‘उनको मुख्य धन अल नारामाथि हुनेछ र क्लबलाई सफल बनाउन आफ्ना टिममेटहरुसँग काम गर्नेछन् ।’
पोर्चुगलका यी कप्तान गत नोभेम्बरमा एक विवादास्पद अन्तर्वार्तापछि म्यानचेस्टर युनाइटेड छाड्न बाध्य भएका थिए । उनी फ्री एजेन्टमार्फत साउदी टिममा सामेल भएका थिए ।
प्रतिक्रिया दिनुहोस्