Ad imageAd image

विश्वासको मत दिएपछि सत्तापक्ष नै हुने भन्‍ने गलत व्याख्या गरियो :माधव नेपाल

खबर खुराक
खबर खुराक २७ पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदमा आफूहरुको भूमिका रचनात्मक प्रतिपक्षीकै हुने स्पष्ट पारेका छन्।

बुधबार पार्टी निकट अनेरास्ववियू केन्द्रीय कमिटीले आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष नेपालले संविधानको कार्यान्वयनका साथै मुलुकको विकास र सुशासनका लागि आफूहरुले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको भएपनि आफूहरुको भूमिका संसदमा चनात्मक प्रतिपक्षीकै हुने स्पष्ट पारे।

विश्वासको मत दिएपछि सत्तापक्ष नै हुने भन्ने गलत व्याख्या भएको भन्दै अध्यक्ष नेपालले विश्वासको मत दिएर प्रतिपक्षीमा बसेको अनुभव २०५१ सालमा नै रहेको जिकिर गरे।

त्यस्तै उनले संसद विघटनको चर्चा संसदमा पनि सुनिन थालेको र यसले जनतामा पुन:आशंका जन्माएकाले यस बारेमा आफूले प्रधानमन्त्री प्रचण्डसँग प्रश्न गरेको बताए ।

- Advertisement -
Ad image

अध्यक्ष नेपालले देश सञ्चालनको नेतृत्वमा बसेका व्यक्तिहरुले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने ,संविधान,राष्ट्रियताको रक्षा गर्नुपर्ने र देशलाई विदेशीको क्रिडास्थल बनाउनबाट रोक्नुपर्ने भन्दै आफूहरुले पनि सरकारलाई सही बाटो देखाउने धारणा राखे।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित भएका नेताहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्