देवदह । रुपन्देहीको देवदहमा माघेसंक्रान्ती तथा खिचडी महोत्सव विशेष फुटवल प्रतियोगिता हुने भएको छ ।
खिचडी महोत्सव विशेष फुटवल समितिको आयोजना र देवदह नगरपालिका वडा नम्बर – ४ को सहयोगमा यहि पौष २६ गते देखि सेभेन -A साइड पुरुष फुटवल प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिता देवदह -४ भवानीपुर स्थित विजयपुर खेल मैदानमा हुने खिचडी महोत्सव विशेष फुटवल समितिका संयोजक सचिन खवासले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजार शिल्ड ,मेडल र प्रमाण पत्र तथा द्वितीय हुने टिमले नगद १० हजार शिल्ड ,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।
प्रतिक्रिया दिनुहोस्