घाँस काट्न गएकी अमिशाको भिरबाट लडेर मृत्यु

खबर खुराक
खबर खुराक २८ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाण्डौं । घाँस काट्न गएकी २१ वर्षीया एक युवतीको भीरबाट लडेर मृत्यु भएको छ । डोटीको शिखर नगरपालिका-१ की २१ वर्षीया अमिशा शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो घर नजिकै जंगलमा घाँस काट्न जाने क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीको भनाइ छ ।

मृत्यु भएकी युवति अमिशा कैलालीकोे धनगढी हसनपुरस्थित ऐश्वर्या बहुमुखी क्याम्पसमा स्नातक प्रथम बर्षमा अध्ययनरत थिइन्। जाडो बिदा भएपछि उनी आफ्नो जन्मघर डोटी गएकी थिइन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्