प्रदेश–१ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित

खबर खुराक
खबर खुराक २८ पुष २०७९, बिहीबार
0 Min Read
Aa

विराटनगर । प्रदेश–१ को सभामुखमा नेकपा (माओवादी केन्द्र) का सांसद बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । गौतमको मात्र उमेदवारी परेकोले उनी निर्विरोध निर्वाचित भएका हुन् ।

बिहीबार बसेको प्रदेशसभा बैठकमा जेष्ठ सदस्य गयानन्द मण्डलले गौतमलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

गौतम ओखलढुंगाको प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन् ।  उपसभामुखको निर्वाचन पुस ३० गते हुंदैछ ।

प्रतिक्रिया दिनुहोस्