पाटेबाघ र गैँडा मृत भेटिए

खबर खुराक
खबर खुराक २८ पुष २०७९, बिहीबार
1 Min Read
Aa
A female rhino died in the Setidevi Community Forest on Saturday, July 23, 2016. Photo: Tilak Ram Rimal.

चितवन । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी र सौराहा क्षेत्रमा पाटेबाघ र गैँडा मृतावस्थामा भेटिएका छन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बुधबार दिउँसो निकुञ्जको अमलटारी क्षेत्रअन्तर्गत चम्पा सालघारी क्षेत्रस्थित नारायणी नदीको बगरमा भाले पाटेबाघ मृत फेलापरेको छ । अन्दाजी १५ वर्षको बाघ प्राकृतिक कारणले मरेको उनले जानकारी दिए । यस आर्थिक वर्षमा बाघ मरेको यो पहिलो हो ।

बुधबार नै निकुञ्जको सौराहा क्षेत्रअन्तर्गत कछुवानी पोस्टको कार्यक्षेत्रमा पर्ने निकुञ्जमा लिंग पहिचान हुन नसकेको गैँडा मृत फेलापरेको छ । अन्दाजी पाँच वर्षको गैँडा मृत फेलापरेको तिवारीले जानकारी दिए । बाघको आक्रमणबाट गैँडा मरेको उनले बताए । गैँडाको खाग र खुर सुरक्षित रहेको छ ।

योसँगै चालु आवमा प्राकृतिक कारणबाट आठ गैँडा मरेका छन् । यो वर्ष चोरीसिकारीबाट गैँडा मरेको छैन ।

प्रतिक्रिया दिनुहोस्