देवदह । देवदह नगरपालिकामा नगर स्तरिय बाल संजाल गठन गरिएको छ। २०७४ साल जेठमा गठन भए पश्चात यथावत रहेको संजालको नयाँ कार्य समिति गठन गरिएको हो । १२ वटा वडा बाट १-१ जना र पदाधिकारी ५ जना गरि १७ सदस्यीय बाल सञ्जाल गठन गरिएको हो ।
जसको अध्यक्षमा नन्दनी अग्रहरी रहेका छन् । त्यसैगरी उपाध्यक्षमा सायन रेग्मी, सचिवमा संस्कृति घर्ती, सहसविचमा कृष्टिना न्यौपाने, कोषाध्यक्षमा सन्देश पाण्डे रहेका छन् । अन्य सदस्यहरुमा संगिल न्यौपाने, शिवानी सेन, जिनाकृति दुंगाना, दिपिका लामिछाने, विनिता बगाले, जस्मिन गाहा, चाहनी पुन, सलिना खड्का, कृति न्यौपाने, भूमिका भूषाल, मनिषा न्यौपाने रहेको फोकल पर्सन पर्शुराम ढकालले जानकारी दिएका छन् ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको नगर प्रमुख ध्रुब प्रसाद खरेलले सभ्य समाज निर्माण गर्न बालमैत्री समाज हुन जरुरी रहेको र देवदह नगरपालिका बालमैत्री नगर घोषणा गर्नेगरि अगाडी बताए। देवदह नगरपालिकालाई बालमैत्री नगर बनाउनको लागि आवश्यक पर्ने बजेट नगर सभाले विनियोजन गर्ने प्रतिबद्दता व्यक्त गर्दै प्रमुख खरेलले अब बन्ने समितिले बालमैत्री नगर घोषणा गर्ने कुरामा महत्त्वपूर्ण भुमिका खेल्ने बताए।
देवदह नगरपालिकाको नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले बालबालिकाले आफू भित्रको प्रतिभालाई चिन्न र सोहि अनुसार अगाडि बढ्न आग्रह गर्दै बालबालिकाको संरक्षणका लागि नगरपालिकाले काम गरेको र आगामी दिनमा पनि गर्दै जाने बताईन ।
कार्यक्रममै बोल्दै देवदह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले देवदह नगरपालिका बाल मैत्री नगर बनाउने अभियानमा अगाडि बढेको बताउंदै सुखी नगर समृद्ध नगर बनाउन नगरबासी सबैको योगदान आवश्यक रहेको तर्क गरे । देवदह नगरपालिका वडा नं ५ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गणेश डुम्रेले अबको एक बर्षमा देवदह नगरपालिका वडा नं ५ लाई बाल मैत्री वडा घोषण गर्ने गरी अघि बढेको बताएका थिए ।
कार्यक्रममा बालबालिकाको आधारभूत हक अधिकार, बालमैत्री नगर बनाउन नगरको ऐन नियम भएका व्यवस्थाको बारेमा उप सचिब टिकाराम शर्माले प्रकाश पारेका थिए ।
प्रतिक्रिया दिनुहोस्