Ad imageAd image

सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश

खबर खुराक
खबर खुराक २९ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । जबरजस्ती करणीको आरोपमा थुनामा रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न पाटन उच्च अदालतले आदेश दिएको छ ।

उच्च अदालतका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त बन्द इजलासले लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएसँगै उनी रिहा भएका हुन् । लामिछानेले देशबाहिर जानु पर्दा सरकारको अनुमति लिनु पर्नेसमेत अदालतको आदेशमा उल्लेख छ ।

उनलाई प्रहरीले गत असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरी हिरासतमा राखेको थियो । एक युवतीले जबरजस्ती करणीको जाहेरी दिएपछि लामिछाने विरुद्ध प्रहरीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

तर आफू निर्दोष भएको दाबी गर्दै उक्त मुद्दाविरुद्ध लामिछाने उच्च अदालत पाटन गएका थिए ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्