काठमाडौं : एमाले छाडेका नेता घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन्। शुक्रबार दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलमा आयोजित कार्यक्रममा भुसालले एकीकृत समाजवादी प्रवेश गरेको घोषणा गर्नेछन्।
भुसाललाई पार्टी अध्यक्ष माधव कुमार नेपाललगायतले स्वागत गर्ने कार्यक्रम छ। एकीकृत समाजवादीमा फर्किएपछि उनले कुन जिम्मेवारी पाउँछन् भन्ने बारे केही खुलेको छैन।
पार्टी अध्यक्ष नेपालले भुसाललाई पार्टी प्रवेशका लागि संवाद गर्दै आएका थिए।
एकीकृत समाजवादीका महासचिव बेदुराम भुषालले बिहीबार छिटोभन्दा छिटो पार्टीमा सामेल हुन भन्दै घनश्याम भुसाललाई पत्रसमेत पठाएको थिए।
मंसिर ४ को निर्वाचनमा एमालेले टिकट नदिएपछि भुसालले रुपन्देही क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए। पछि भुसाललाई माओवादीले समर्थन गरेको थियो।
प्रतिक्रिया दिनुहोस्