Ad imageAd image

बोझेनीका आन्दोलनरत पक्षलाई प्राधिकरणले वार्तामा बोलायो

खबर खुराक
खबर खुराक २९ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको शंखरापुर नगरपालिका–३, बोझेनीका आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ ।

नगरपालिकाका प्रमुख रमेश नापित, वडाध्यक्ष सूर्यबहादुर तामाङसहित आन्दोलनरत पक्षलाई शुक्रबार दिउँसो ३ बजे वार्तामा बोलाइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । वार्ता प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कमा हुनेछ ।

मानवबस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र त्यसलाई अन्यत्र सार्नुपर्ने माग राख्दै वडाध्यक्ष तामाङको नेतृत्वमा सबस्टेसन निर्माणमा अवरोध हुँदै आएको छ । आन्दोलनमा महिलालाई अगाडि सारिएको छ ।

सबस्टेसन निर्माणस्थलको जग्गा अधिग्रहण गर्दा सम्बन्धित जग्गाधनीहरूले राजीखुसीले मुआब्जा तथा क्षतिपूर्ति बुझेको, प्रारम्भिक वातावरणीय परीक्षण (आईई) तथा पूरक आईआईलगायत सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरिएको, उपलब्ध विकल्पहरूमध्ये हाल छनोट गरिएको स्थान नै सबैभन्दा उत्तम रहेको प्राधिकरणले जनाएको छ

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्