Ad imageAd image

सन्दीपका वकिल भन्छन् : क्रिकेट संघले अब कप्तान बनाउनुपर्छ

खबर खुराक
खबर खुराक २९ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

२९ पुस, काठमाडौं । अदालतले धरौटीमा छाड्न आदेश दिएका सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा फर्किन नरोक्ने उनका वकिलले बताएका छन् ।

बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत, पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको छ । साथै शर्तहरु राखेको छ ।

सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले शुक्रबार सन्दीपलाई भेटेर अदालतले राखेका शर्तहरुबारे जानकारी गराएका छन् । अब उनलाई प्रक्रिया पु¥याएर जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराइनेछ र तारेख लिएर छुट्ने छन् ।

त्यसपछि राष्ट्रिय टिममा फर्किनसक्ने घिमिरे बताउँछन् । सन्दीपलाई भेटेपछि उनले भने, ‘थुनाबाट बाहिर निस्किएपछि क्यानले उनलाई स्वतः कप्तान फिर्ता दिनुपर्छ ।’

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्