बुटवल–बसन्तपुर केबलकार फागुनदेखि सञ्चालनमा आउने

खबर खुराक
खबर खुराक २९ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ । रुपन्देही जिल्लाको बुटवलदेखि पाल्पा जिल्लाको बसन्तपुरसम्म निर्माणाधिन लुम्बिनी केबलकार आगामी फागुनदेखि सञ्चालनमा आउने भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित कम्पनीको १९औं वार्षिक साधारण सभामा सञ्चालक समितिको प्रतिवेदन पेश गर्दै लुम्बिनी केबलकारका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार टावरहरूको सिभिल निर्माण कार्य लगभग सम्पन्न भइसकेको र आगामी फागुनदेखि सञ्चालनमा आउने बताए।उनले केवलकारको सम्पूर्ण गोण्डोला लगायतका उपकरणहरूको विदेशबाट आयत गर्ने कार्य सम्पन्न भइ नौ वटा टावरमध्ये सात वटा टावरको जडान कार्य सम्पन्न भइसकेको र बाँकी दुई वटा टावर जडान कार्य पनि अन्तिम चरणमा पुगेको बताए।

त्यस्तै, टप स्टेशनमा केवलकार उपकरणहरूको जडान कार्य सम्पन्न भइसकेको छ भने बटम स्टेशनमा केवलकार उपकरणहरूको जडान कार्य अगाडी बढी रहेपनि उनले बताए।साथै उनले सम्पूर्ण इलेक्ट्रोमेकानिकल कार्यहरूको निर्माण तथा जडान गर्ने कार्य द्रुत गतिमा अगाडि बढिरहेको समेत बताए। यो केवलकार परियोजनाको निर्माण कार्य २०७८ साल पुस महिनामा सुरू भएको थियो।

प्रतिक्रिया दिनुहोस्