काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ ।
यस दिन छापावाल सुन तोलाको एक लाख तीन हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तोलाको एक लाख तीन हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुन तोलाको एक लाख तीन हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस दिन चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्