तेस्रोपटक प्रधानमन्त्री हुनु मेरो परीक्षा हो, उत्तिर्ण हुन्छु : प्रचण्ड

खबर खुराक
खबर खुराक २९ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रोपटक प्रधानमन्त्री हुनु आफ्ना लागि परीक्षा भएको र उत्तीर्ण हुने विश्वास व्यक्त गरेका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल हस्तकला महासङ्घको ४२ औँ साधारणसभालाई उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यसपटक कुनै पनि नराम्रो काम नगर्ने र अरूलाई पनि गर्न नदिनेमा आफू प्रतिवद्ध रहेको र परीक्षामा उत्तीर्ण हुने विश्वास व्यक्त गरे । उनले निर्वाचनले आफूहरुलाई मिलेर जाने जनमत दिएको भन्दै कसैलाई पनि अहंकार गर्ने अभिमत जनताले नदिएको स्पष्ट पारे ।

प्रधानमन्त्री प्रचण्डले इमान्दार भएर जनताको पक्षमा राम्रो काम नगरे परीक्षामा पास हुन नसकिने जिकिर गरे । आफूले मन्त्रिपरिषद्को पहिलो बैठकबाट नै आर्थिक विकास र समृद्धिका लागि केही कदम चालेको उनको भनाइ छ ।

उनले नेपाली हस्तकलाको मौलिक सिपलाई पुस्तान्तरणका लागि सरकारको तर्फबाट सार्थक सहयोग रहने बताए । उनले हस्तकला क्षेत्र नेपालका लागि अग्र्यानिक क्षेत्र भएको र यसलाई राम्रोसँग विकास गर्न सकिए व्यापार घाटा कम गर्न सकिने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्