काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले सेयरधनीहरुलाई सेयर प्रमाणपत्रको सट्टा डिम्याट खातामा सेयर दिने भएको छ ।
नेप्सेले नेप्सेका सेयर धनीहरुलाई नेपाल सरकारले लगानी गरेका संस्थाहरुको डिम्याट गर्ने अर्थ मन्त्रालयबाट पत्र आएकाले प्रमाणपत्र नभएर सेयरधनीलाई डिम्याटमा सेयर दिने तयारीमा रहेको बताएको छ ।
शुक्रबार नेप्सेको ४१ औं वार्षिक साधारणसभामा बोल्दै सहायक प्रबन्धक निरञ्जन फुयाँलले नेपाल सरकारले लगानी गरेका संस्थाहरुको डिम्याट गर्ने अर्थ मन्त्रालयबाट पत्र आएकाले प्रमाणपत्र नभएर सेयरधनीलाई डिम्याटमा सेयर दिने तयारीमा रहेको बताए ।
उनले अर्थ मन्त्रालयको पत्रको आधारमा धितोपत्र बोर्डले नेप्सेमा सूचिकृतको लागि स्वीकृति दिए छिटै सेयरधनीलाई डिम्याटमा सेयर दिने बताए । उनले नेप्सेको सेयरलाई नेप्सेका सूचिकृत गर्ने प्रक्रियामा प्रयास भइरहेको बताए ।
त्यस्तै, कार्यक्रममा बोल्दै नेप्सेका अध्यक्ष चक्रबहादुर बुढाले नेप्सेको बजारको कारोबार परिणाम, अर्थतन्त्रका पक्ष, सूचिकृत कम्पनीको आर्थिक अवस्था र लगानीकर्ताको मनोविज्ञानमा आधारित हुने भएकाले आयमा सुनिश्चितता ल्याउन चुनौती रहेको बताए ।
नेप्सेको साधारण सभाले चुक्तापुँजी १ अर्बमा नियमानुसार लाग्ने करसहित शतप्रतिशत नगद लाभांश (एक अर्ब रुपैयाँ) वितरण गर्ने भएको छ । नेप्सेले गत आर्थिक वर्षमा चुक्तापुँजी ६० करोडको १०० प्रतिशत नगद नाभांश ६६.६७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो
प्रतिक्रिया दिनुहोस्