पोखरामा यति विमान दुर्घटना : ६८ जनाको शव फेला, १२ शवको पहिचान, चार जनाको खोजी जारी

खबर खुराक
खबर खुराक १ माघ २०७९, आईतवार
1 Min Read
Aa
Highlights
  • नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्ति निकालेर आइतबार अपराह्न साढे ४ बजेसम्ममा ६८ शव दुर्घटनास्थलबाट निकालिएको जानकारी दिएको हो । केन्द्रका अनुसार अन्य शव खोजी जारी छ ।

उद्धार गर्न क्रेनको प्रयोग

काठमाडौँ — पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमानमा सवार ४ जनाको खोजी कार्य जारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ । उद्धारमा खटिएका अधिकारी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकरीले चार जनाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर सेती नदीमा परिचालन गरेका छन्

दुर्घटनामा परेका ६८ जनाको शव संकलन गरिसकिएको छ । यति एयरलाइन्सले पनि ६८ जनाको मृत्यु भएको पुष्टि गरेको छ । दुर्घटनामा परेका अन्य चार जनाको खोजी भइरहेको छ ।

खोज तथा उद्धार समन्वयन केन्द्रले शव प्राप्त भएकामध्ये १२ जनाको सनाखत गरिएको जानकारी दिएको छ । बाँकीको पनि सनाखत प्रक्रिया जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्