२ माघ, काठमाडौं । पोखरामा आइतबार बिहान भएको विमान दुर्घटनाको आज पनि बिहानैदेखि उद्धार तथा बेपत्ताको खोजी कार्य सुरु भएको छ ।
सुरक्षाकर्मीको टोली बिहानैदेखि उद्धार कार्यमा लागेको छ ।
आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको नाइन-एन एएनसी एटीआर ७२-५०० विमान अवतरणअघि दुर्घटना भएको थियो ।
विमानमा चालक दलका चार जना सदस्यसहित ७२ जना सवार रहेकोमा आइतबार साँझसम्म ६ड जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य बेपत्ता छन् ।
प्रतिक्रिया दिनुहोस्