काठमाडौँ । उपत्यकालगायतका क्षेत्रमा खराब मौसमका कारण आज आन्तरिक उडान प्रभावित भएको छ ।
मौसममा बदली आई बिहान हुस्सु र कुहिरो लागेका कारण आन्तरिक तर्फका सबै विमानस्थलमा उडान प्रभावित भएको हो ।काठमाडौँ विमानस्थल कार्यालयका अनुसार भिजिबिलिटी कम भएका कारण उडान प्रभावित भएको छ ।
भिजिबिलिटी कम भएपछि काठमाडौँमा भने आएफआर प्रविधिबाट उडान सुरु भएको छ। यसले गर्दा अन्तर्राष्ट्रिय उडान-अवतरण भने रोकिएको छैन ।
प्रतिक्रिया दिनुहोस्