नेपालगञ्जमा अझै नियन्त्रणमा आएन दादुरा संक्रमण, संक्रमितको संख्या १८८ पुग्यो

खबर खुराक
खबर खुराक २ माघ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा पुस १२ गतेदेखि देखिएको दादुरा संक्रमण तीव्र बन्दै गएको छ ।

उपमहानगरका २३ वडामध्ये आइतबारसम्म १५ वडामा संक्रमण फैलिएको छ भने संक्रमित  बालबालिकाको संख्या १८८ पुगेको छ । नेपालगञ्जमा शनिबार एकैदिन २० जना र आइतबार १२ जना संक्रमित थपिएका थिए ।

१५ वडामध्ये ४, ५, ६, ९ र १२ नम्बर वडामा २० भन्दा बढी संक्रमित छन् भने ४ नम्बर वडामा ३१ महिने एक बालकको मृत्यु भएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाको तथ्यांक अनुसार हालसम्म संक्रमित १८८ मध्ये १३१ जना निको भएको र ५७ जना अझै होम आइसोलेसनमा रहेको छ । पूर्ण खोप जिल्ला घोषणा गरिएको बाँकेमा दादुरा आउटब्रेक भएपछि नेपालगञ्जमा खोप कार्यक्रमलाई तीव्रता दिइएको छ ।

१३ वडाभित्र खोप केन्द्र तोकेर मिजल्स भाइरस विरुद्धको खोप र भिटामिन ए वितरण गरिएकोमा आइतबारसम्म १७ हजार ५७० जनाले खोप लगाएको उपमहानगरपालिकाको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्