विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पोस्टमार्टम सुरु

खबर खुराक
खबर खुराक २ माघ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ । यती एयरलाइन्स प्रालिको ९–एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा परेर ज्यान गुमाएकाहरूको शव पोस्टमार्टम गर्न थालिएको छ । पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)मा शव पोस्टमार्टम गर्न थालिएको गण्डकी प्रदेशका डिआइजी रामदत्त जोशीले बताए ।

सनाखत भएको शव पोस्टमार्टम गरेर अस्पतालबाटै आफन्तलाई जिम्मा लगाइने डिआइजी जोशीले जानकारी दिए । ‘सनाखत भएको शव पोस्टमार्टम गरेर आफन्तको जिम्मा लगाउँछौँ’ डिआइजी जोशीले भने–‘शव पोस्टमार्टम सुरु भएको छ ।

पहिचान भएका र विदेशीको शव काठमाडौँ ल्याइँदै छ । घटनास्थलबाट सङ्कलन गरिएका मध्ये ३ वटा शव महिला र पुरुष पहिचान भएको छैन । सङ्कलन गरिएको ३९ शव पुरुषको र २५ शव महिलाको पहिचान भएको छ ।

समाचार तयार गर्दासम्म ६८ जनाको शव भेटिएको छ । विमानमा सवार ४ जनाको अवस्था अझै अज्ञात छ । अहिलेसम्म २६ शवको सनाखत भएको छ ।

प्रतिक्रिया दिनुहोस्