Ad imageAd image

बारामा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु ,एक घाइते

खबर खुराक
खबर खुराक २ माघ २०७९, सोमबार
1 Min Read
Aa

वीरगन्ज : बारामा मोटरसाइक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।महागढीमाई नगरपालिका वडा नम्बर ९ पिपराविर्तास्थित गण्डक नहरको थलही पुलमा आइतबार राति तीनजना सवार ना२६प २२९५ नम्बरको  मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा बाराकै सिम्गढ नगरपालिका १ बैरियाका २२ वर्षीय ताहिद अन्सारी र २३ वर्षीय कासिम अन्सारीको मृत्यु भएको हो ।दुर्घटनामा  बैरियाकै २२ वर्षीय गुड्डु अन्सारी सामान्य घाइते भएका छन् ।

मेला हेरेर घर फर्किदै गरेका उनीहरु सवार मोटरसाइकल राति ९ बजे अनियन्त्रित भइ थलहि पुलमुनि खसेको थियो ।

मृतक दुवैजनाको शव थलही खोलामा फेला परेको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्