खुकुरी प्रहार गरी हत्या

खबर खुराक
खबर खुराक २ माघ २०७९, सोमबार
1 Min Read
Aa

तनहुँ : जिल्लाको भानु नगरपालिका-६ टुहुरे पसलस्थित डुम्रे-चन्द्रवती भित्री सडक खण्डमा एक युवकले खुकुरी प्रहार गरी ४९ वर्षीय सन्तबहादुर गुरुङको हत्या गरेका छन्।

हत्यामा संलग्न व्यास नगरपालिका-८ रिस्तीका २४ वर्षीय आशिष परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

परियारले गुरुङको घाँटीमा खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए।

परियारलाई हतियारसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको खड्काले बताए। स्थानीयका अनुसार परियार झारफुकका लागि आएका थिए।

उनी एक्कासि  मृतक गुरूङको घरमा पसी खुकुरी झिकेर बजारमा नचाएको र यस्तो गर्न हुँदैन भन्दा गुरुङलाई नै प्रहार गरेको बताइएको छ। यस विषयमा भने प्रहरीले केही खुलाएको छैन।

प्रतिक्रिया दिनुहोस्