प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचको छलफल सम्पन्न, सरकारको भागवण्डा मिल्यो

खबर खुराक
खबर खुराक २ माघ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सम्पन्न भएको छ । बिहान साढे १० बजेबाट सुरु भएको छलफल केहीबेर अघि सम्पन्न भएको ओलीको सचिवालयले जानकारी दिएको छ ।

सचिवालयले बाह्रखरीलाई दिएको जानकारी अनुसार दाहाल–ओलीको छलफलले मन्त्रालयको भागवण्डासहित सभामुख र उपसभामुख उमेदवार पनि टुंगो लगाएको छ । तर, कसलाई कुन मन्त्रालय र सभामुख÷उपसभामुखमा को भनेर सचिवालयले खुलाउन चाहेन ।

“प्रधानमन्त्रीज्यूले छलफल सकारात्मक रह्यो भरेसम्म सबै कुरा मिल्छ भन्दै निस्कनुभयो,” सचिवालयले खबरखुराक संग भन्यो”

प्रतिक्रिया दिनुहोस्