काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्तापुँजीको २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
पुस २९ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले चुक्तापुँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित एक प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीले प्रस्ताव गरेको लभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्