बुटवल । लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती मगरको एकल उम्मेदवारी परेको छ । उपसभामुख पदमा भने तीन जनाको उम्मेदवारी परेको छ ।
उपसभामुख राप्रपाकी मेनुका खाँण केसी, नेपाली कांग्रेसका विश्व प्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीको तर्फबाट निर्मला देवी थारु चौधरीले उम्मेदवारी दर्ता गराएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
लुम्बिनी प्रदेश सभा सचिव दुर्लभ पुन मगरले सभामुखमा एकल उम्मेदवारी रहेको रातोपाटीलाई बताए ।
उनले उपसभामुखमा प्रक्रिया अनुसार नै अगाडि जाने बर्ताए । मंगलबार १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख र उपसभामुखको निर्वाचन हुनेछ । सभामुखमा एकल उम्मेदवारी परेकाले उनीनिर्विरोधनिर्वाचित भएका छन् । अब उपसभामुखको मात्रै निर्वाचन हुने छ ।
प्रतिक्रिया दिनुहोस्