सगरमाथा मा. वि. मा शिक्षक तालिम सम्पन्न

खबर खुराक
खबर खुराक ३ माघ २०७९, मंगलवार
1 Min Read
Aa

देवदह । सगरमाथा मा. वि, देवदह – ७, शितलनगरमा कार्यरत शिक्षकहरूको क्षमता अभिवृद्धि तालिम कार्यक्रम सम्पन्न भएको छ। विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कान्तिपुर चाइल्ड डेभलपमेन्ट कम्युनिटीका कार्यकारी निर्देशक भीष्म मणि पाण्डेले वर्तमान समयका बालबालिकालाई अध्यापन गराउन उपयोगी विधिहरूको बारेमा प्रशिक्षण दिनुभयो।

कार्यक्रममा सहभागी शिक्षकहरुले सिकेको सीप र ज्ञानलाई बालबालिकाको सर्वाङ्गीण विकाशमा उपयोग गर्ने प्रतिबद्धता समेत जायर गर्नुभयो। विद्यालयका ६० बढी शिक्षकहरूको सहभागिता रहेको उक्त कार्यक्रम सह – प्राचार्य प्रदीप अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्