विमान दुर्घटनामा निधन भएकाको शव नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

खबर खुराक
खबर खुराक ३ माघ २०७९, मंगलवार
1 Min Read
Aa

पोखरा : पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका ७० जनामध्ये ५० को शव मंगलबार नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइँदै छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमारी शाहीका अनुसार शव काठमाडौँ पठाउने तयारी भइरहेको छ । दुर्घटनामा निधन भएका बाँकी २० जनाको शव भने पाखेरामा परीक्षणपछि आफन्तलाई बुझाइने छ ।

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा शव लगिने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। उनले आज पोखराको मौसम सफा रहेकाले बिहान १० बजेपछि शव काठमाडौँ आइपुग्ने बताएका हुन् । शव ल्याउनका लागि सेनाको हेलिकोप्टर सोमबारै पोखरा पुगेको थियो ।

दुर्घटनामा बेपत्ता २ जनाको खोजीकार्य बिहानैदेखि सुरु गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल र गोताखोरसहितको टोलीले खोजीकार्य गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्