माओवादी सांसद श्रीपाली पर्यटन राज्यमन्त्री

खबर खुराक
खबर खुराक ३ माघ २०७९, मंगलवार
1 Min Read
Aa

३ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रले सुशीला श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री बनाउने भएको छ ।

सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादी केन्द्रलाई चार मन्त्री र एक राज्यमन्त्री परेको थियो । नारायणकाजी श्रेष्ठ उप्रधान तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।

रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भएकी छन् ।

यस्तै सुदन किराँती पर्यटन तथा नागरिक उड्ययनमन्त्री र श्रीपाली राज्यमन्त्री हुने भएकी हुन् ।

२०६८ मा उनी दलित आयोगको सदस्य भएकी श्रीपाली माओवादी केन्द्रका केन्द्रीय सदस्य छन् । उनका श्रीमान डम्मरसिंह ठकुरी सेना समायोजनमार्फत् नेपाली सेनामा छन् ।

प्रतिक्रिया दिनुहोस्