काठमाडौं। चीनको जनसङ्ख्या ६० वर्षमा पहिलो पटक घटेको छ भने, राष्ट्रिय जन्मदर पनि कीर्तिमानी तरिकाले घटेर प्रति एक हजार महिलामा ६.७७ पुगेको छ। सन् २०२२ चीनको जनसङ्ख्या सन् २०२१ भन्दा ८ लाख ५० हजारले घटेर १ अर्ब ४१ करोड १८ लाख पुगेको हो।

चीनको जन्मदर वर्षौंदेखि घट्दै गइरहेको छ । घट्दो जन्मदरले यसलाई रोक्न सरकारलाई नीति बनाउन समेत प्रेरित गरेको छ।
तर एक सन्तान नीति खारेज गरेको सात वर्षपछि, एक अधिकारीले चीन ‘नकारात्मक जनसङ्ख्या वृद्धिको युग’मा प्रवेश गरेको बताएका छन्।
सन् २०२२ मा जन्मदर पनि सन् २०२१ मा ७.५२ बाट घटेको चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कमा जनाएको छ।
चीनमा गत वर्ष पहिलो पटक मृत्यु हुनेको सङ्ख्या जन्मनेको सङ्ख्या भन्दा बढी पुगेको थियो भने, चीनमा मृत्युदर पनि सन् १९७६ मा प्रति एक हजारमा ७.१८ बाट बढेर ७.३७ पुगेको छ।
यसअघिको सरकारी तथ्याङ्कले जनसांख्यिकीय सङ्कटको घोषणा गरेको थियो, जसले लामो समयसम्म चीनको श्रम शक्तिलाई सङ्कुचित बनाउने र स्वास्थ्य सेवा र अन्य सामाजिक सुरक्षा लागतहरूमा भार बढाउने भनेको छ।
सन् २०२१ मा घोषणा गरिएको एक दशकको जनगणनाको नतिजाले चीनको जनसङ्ख्या दशकहरूमा सबैभन्दा सुस्त गतिमा बढेको देखाएको छ।
बुढाे जनसङ्ख्या र घट्दो जन्मदर एसियाका अन्य विकसित अर्थतन्त्रहरू जस्तै दक्षिण कोरिया र जापानले पनि सामना गरिरहेको छ ।
Removed from reading list
UndoSign in to your account
प्रतिक्रिया दिनुहोस्